सम्पत्ति शुद्धीकरणको कालोसूचीबाट जोगिन नेपाललाई दुई वर्षको समय
फागुन १०, २०८१ शनिबार
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) ले पार्टीका नेता कार्यकर्ताका लागि आचासंहिता बनाएको छ । पार्टी केन्द्रीय समितिकाे आजकाे बैठकमा अध्यक्ष माधवकुमार नेपालले आचारसंहिता पेश गर्नुभयो ।
आचारसंहितामा कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको व्यवहार सरल हुनुपर्ने र जीवनशैली सादा अपनाउनुपर्ने उल्लेख छ । आचरण र व्यवहार पार्टीले अँगालेको क्रान्तिकारी सिद्धान्तअनुरूप बनाउन पार्टीका नेता तथा कार्यकर्ता एकआपसमा र नागरिकसँग शिष्ट, मर्यादित, सम्मानजनक र समानताको व्यवहार गर्ने हुनुपर्ने उल्लेख छ ।
यस्तै बोल्दा अपशब्दको प्रयोग गर्न नहुने; कुनै वर्ग, जाति, समुदाय, लिङ्ग, क्षेत्र, धर्म र संस्कृतिको मर्यादा तथा गरिमामा आँच पुग्ने गरी अभिव्यक्ति दिन या व्यवहार गर्न नपाइने आचारसंहितामा उल्लेख छ । यस्तै महिलाप्रति एकनिष्ठताको व्यवहार गर्नुपर्ने उल्लेख गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।