स्ववियु चुनावको कार्यतालिका सार्वजनिक, २७ गते उम्मेदवारी दर्ता
फागुन १०, २०८१ शनिबार
अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरोकाे निर्देशकमा भारतीय मूलका काश पटेल नियुक्त हुनुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय मूलका पटेललाई सङ्घीय अनुसन्धान ब्युरो अर्थात् ‘फेडरल ब्युरो अफ इन्भेस्टिगेशन’ (एफबीआई) को निर्देशकमा नियुक्त गर्नुभएको हो ।
पटेलले एफबीआईको नवौं निर्देशक बन्न पाउँदा निकै सम्मानित महसूस गरेको सामाजिक सञ्जाल एक्समार्फत बताउनुभएको छ । तर रिपब्लिकन पार्टीका दुई जना सांसद सुसान कोलिन्स र लिसा मुर्काेस्कीसहित डेमोक्र्याटिक पार्टीका सबै सांसदले काश पटेलको नियुक्तिको विपक्षमा मतदान गरेका बीबीसीले जनाएको छ ।
पटेलले राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमा पनि उहाँसँगै काम गर्नुभएको थियो । ४४ वर्षका काश पटेलले वकिलका रूपमा पेशा शुरू गर्नुभएको थियो । उहाँसँग हत्या, लागूऔषध र जटिल आर्थिक अपराधका मुद्दामा अदालतमा बहस गरेको अनुभव छ ।
अमेरिकी रक्षा मन्त्रालयका अनुसार पटेलले अमेरिकी कार्यवाहक रक्षा सचिव क्रिस्टोफर मिलरको चिफ अफ स्टाफका रूपमा पनि काम गरिसक्नुभएको छ । उहाँ राष्ट्रिय सुरक्षा परिषद्मा राष्ट्रपतिका उपसहायक र आतङ्कवाद विरोधी विभागका वरिष्ठ निर्देशक भइसक्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।