ताप्लेजुङको पाथीभरा क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात
फागुन १०, २०८१ शनिबार
काठमाण्डाै – प्रतिनिधिसभा अन्तर्गतकाे राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती विधेयकलाई निष्कर्षमा पुर्याउन समितिका सदस्य दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको छ ।
समितिको आजको बैठकमा सभापति रामहरि खतिवडाले उपसमिति गठनको प्रस्ताव गर्नुभएको थियो । उपसमितिमा सांसद अशोककुमार राई, ईश्वरी न्यौपाने, चन्दा कार्की, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्रप्रसाद पाण्डे, लीलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे रहनुभएको छ ।
उपसमितिलाई एक महिनाभित्र समितिसमक्ष प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।
यसैबीच समितिको बैठकमा सांसदहरूले कर्मचारी प्रशासनमा गुटबन्दीको स्थिति सिर्जना भएको टिप्पणी गरेका छन् ।
बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले कर्मचारी प्रशासनमा गुटबन्दीको स्थिति सिर्जना हुनुमा राजनीतिकर्मी र मन्त्री बन्नेहरू पनि जिम्मेवार रहेको बताउनुभयो ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कर्मचारी प्रशासनलाई कसरी व्यवस्थित बनाउने ? भन्नेमा बढी जोड दिनुपर्ने बताउनुभयो ।
बैठकमा बोल्ने सांसदहरूले योग्य व्यक्तिलाई प्रतिस्पर्धामा जाने ढोका बन्द गर्न नहुनेमा पनि जोड दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।