च्याम्पियन्स ट्रफी क्रिकेटमा आज अस्ट्रेलिया र इङ्ग्ल्याण्ड खेल्दै

 फागुन १०, २०८१ शनिबार ८:३९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – च्याम्पियन्स ट्रफी क्रिकेटमा आज अस्ट्रेलिया र इङ्ग्ल्याण्डले खेल्दैछन् । पाकिस्तानको लाहोरमा यो खेल दिउँसो पौने तीन बजे शुरू हुनेछ ।

दुई पटकको उपाधि विजेता अस्ट्रेलियाका केही प्रभावशाली खेलाडीले नखेल्ने भएका कारण दबाबमा छ । उसका प्याट कमिन्स, जोस हेजलउड चोटका कारण र मिचेल स्टार्कले व्यक्तिगत समस्याका कारण नाम फिर्ता लिएका छन् । इङ्ग्ल्याण्डका ज्याकब बेथेल पनि चोटका कारण नखेल्ने भएका छन् ।

हिजो भएको खेलमा दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीमा पहिलो पटक सहभागी अफगानिस्तानलाई एक सय ७ रनले हरायो ।

च्याम्पियन्स ट्रफीमा पाकिस्तान, भारत, बङ्गलादेश तथा न्युजिल्याण्ड समूह ‘ए’ मा छन् । अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह ‘बी’ मा छन् ।

भोलि समूह ‘ए’ का भारत र पाकिस्तानबीच दुबईमा खेल हुनेछ । भारतले आफ्नो पहिलो खेलमा बङ्गलादेशलाई हराएको थियो भने उद्घाटन खेलमा घरेलु टोली पाकिस्तान न्युजिल्याण्डसँग पराजित भएको थियो ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया