सुक्खा पहिरो खसेपछि खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध

 फागुन १२, २०८१ सोमबार १४:४४:४७ | रासस
unn.prixa.net

सङ्खुवासभा – सुक्खा पहिरो खसेपछि कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध भएको छ ।

बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग–डाँडा खण्डमा ढुङ्गासहितको पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले जानकारी दिनुभयो । सदरमुकाम खाँदबारीबाट १ सय ९ किलोमिटरको दूरीमा रहेको ठाउँमा पहिरो खसेको हो ।

पहिरो खसेपछि भोटखोला–खाँदबारी आउने तथा खाँदबारीबाट गएका गाडी पनि बाटोमै रोकिएका छन् । पहिरोले झन्डै ३० मिटर सडक पुरिएको छ ।

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया