विप्लव नेतृत्वको नेकपाले जुम्लामा दोस्रो पटक स्याउ रोप्याे

 फागुन १२, २०८१ सोमबार १८:३०:२६ | नेत्र शाही
unn.prixa.net

जुम्ला – नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जुम्लामा दोस्रो पटक स्याउ रोपेको छ । महासचिव विप्लवसहितका नेता कार्यकर्ताहरूले हिमा गाउँपालिका–७ धौलापानीमा स्याउका बिरुवा रोपेका हुन् ।

धौलापानीमा १४ हजार स्याउका बिरुवा रोप्ने कार्यक्रम रहेको महासचिव चन्दले बताउनुयो । गएको वर्ष पनि चन्द आफैँ उपस्थित भएर धौलापानीको हाडुल्यमा स्याउका बिरुवा रोप्नुभएको थियो ।

कार्यक्रममा महासचिव विप्लवले राजनीतिक क्रान्तिसँगै आर्थिक क्रान्तिलाई नजोडेसम्म देशको स्वाधीनता र आत्मनिर्भर सम्भव नहुने पार्टीले निष्कर्ष निकालेको बताउनुभयो । उहाँका अनुसार पहिला नेता र कार्यकर्तालाई कृषि उत्पादनमा जोड्ने र त्यसपछि देशभरका नागरिकलाई कृषि क्रन्तिमा जोडेर देशलाई आत्मनिर्भर बनाउने योजना रहेको छ ।

धौलापानीमा एक हजार वटाभन्दा धेरै बिरुवा रोपेर भोलि स्याउका बिरुवा रोप्न कालीकोटको तिलागुफा नगरपालिका फोहीमहादेवमा जाने कार्यक्रम रहेको नेकपाले जनाएको छ ।

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया