मौसम परिवर्तनसँगै हङकङ फ्लूको सङ्क्रमण बढ्दै

 फागुन १३, २०८१ मंगलबार १२:२०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – मौसम परिवर्तनसँगै अहिले नेपालमा 'हङकङ फ्लू' फैलने क्रम तीव्र बनेको छ । सन् २०२५ को शुरूदेखि नै नेपालमा मौसमी फ्लू भनिने 'एचवान एनवान पीडीएम नाइन' प्रजातिको भाइरसलाई विस्थापित गर्दै 'एचथ्री एनटू' प्रजातिअन्तर्गतको भाइरस अर्थात् 'हङकङ फ्लू' बढी फैलिएको पाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार हङकङ फ्लूले लामो समयसम्म खोकी र स्वास्थ्य समस्याहरू उत्पन्न गर्छ । यसबाट विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती र दीर्घ रोगीहरू जस्तै– दम, मुटु रोग र मधुमेहका बिरामीहरूलगायतका उच्च जोखिममा पर्न सक्छन् ।

हङकङ फ्लूको सङ्क्रमण हुँदा ज्वरो, खोकी, टाउको दुखाइ, नाकबाट पानी बग्नु र घाँटी दुख्ने लक्षण देखिएका छन् । मौसमी फ्लूका जस्तै लक्षण हुने भए पनि यसमा कडा लक्षण लामो समयसम्म रहेको पाइन्छ ।

हङकङ फ्लूका कारण अहिले धेरै मानिस घरमै आराम गर्नुपर्ने अवस्थामा रहेका र अस्पतालहर"मा पनि थुप्रै बिरामी रहेका डा. पुनको भनाइ छ । केही मानिसमा कडा लक्षण पनि देखिएकोले यो भाइरसको सङ्क्रमणबाट बच्नुपर्ने उहाँले बताउनुभयो ।

अहिले नेपालमा फ्लूविरुद्धको खोप उपलब्ध रहेकाले इन्फ्लुइन्जाविरुद्धको खोप लगाउँदा अवस्था जटिल हुनबाट बच्न सकिने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया