कङ्गोमा डुङ्गामा आगलागी हुँदा एक सय ४३ जनाको ज्यान गयो
बैशाख ६, २०८२ शनिबार
अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनलाई रोकिएको विदेशी सहायता शुरू गर्न दुई दिनको समयसीमा दिएको छ ।
अदालतले ट्रम्प प्रशासनलाई अनुदान, ऋण र अन्य वित्तीय सहायता रोक्दै सङ्घीय कोषमा व्यापक कटौती गर्न लगाउने आदेशको कार्यान्वयन गर्न रोक लगाउने आफ्नो आदेशमा विस्तार गरेको हो ।
सुनुवाइका क्रममा अमेरिकी जिल्ला न्यायाधीश अमिर एच. अलीले दुई हप्ता अगाडि नै आदेश दिइएको भए पनि प्रशासनले त्यसलाई पालना नगरेको आरोप लगाउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
राष्ट्रपति ट्रम्पले गएको जनवरी २० तारिखमा शपथ लिएपछि कार्यकारी आदेश जारी गर्दै इजरायल, इजिप्ट र खाद्य सहायता कार्यक्रमबाहेक सबै विदेशी सहायता रोकेको घोषणा गर्नुभएको थियो ।
यसले गरिब देशहरूलाई दिइने गरेको स्वास्थ्य सहायतासमेत रोकिएको थियो । साथै अमेरिकी वित्तीय स्रोतका कार्यक्रमअन्तर्गत शिक्षा, पूर्वाधार निर्माणलगायतका कैयौं परियोजना पनि प्रभावित भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।