कञ्चनपुरमा कृषिमा यान्त्रिकीकरणले व्यावसायिक खेती गर्ने बढ्दै
फागुन १५, २०८१ बिहिबार
रुसी र अमेरिकी कूटनीतिज्ञहरू आज इस्तानबुलमा आफ्ना दूतावासहरूसँग सम्बन्धित मुद्दाहरू समाधान गर्न भेट गर्ने भएका छन् ।
पछिल्लो समय दुई देशबीचको सम्बन्धमा सुधार भइरहेको बेला यसबारे थप वार्ता गर्न इस्तानबुलमा रुस र अमेरिकी अधिकारीहरु भेट्न लागेका रुसका विदेशमन्त्री सर्गेई लाभरोभले बताउनुभयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको महिना पदभार सम्हालेपछि अमेरिकी विदेश नीतिलाई पूर्णतः परिवर्तन गर्नुभएको छ । उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्पर्क गर्दै तीन वर्षभन्दा बढी समयमा पहिलो पटक रुससँग उच्चस्तरीय वार्ता शुरु गर्नुभएको हो ।
अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनमा दुवै देशले एक अर्काबाट दूतावासका कर्मचारीहरूलाई निष्कासन गरेपछि पछिल्लो बैठक कूटनीतिक मुद्दाहरूको समाधानमा केन्द्रित हुने बीबीसीले जनाएको छ ।
लाभरोभ र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच यही फेब्रुअरी १८ मा साउदी अरबको राजधानी रियादमा भेट भएको थियो । त्यहाँ उहाँहरू युक्रेनविना नै युक्रेन युद्धबारे वार्ता शुरू गर्न सहमत हुनुभएको थियो । त्यसयता दुवै पक्ष युक्रेनलाई एक किनारमा राखेर नजिक आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।