पश्चिम नेपाल भूकम्प : ३ वटा जिल्लामा अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गरिने

 फागुन १५, २०८१ बिहीबार १८:१९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – पश्चिम नेपालमा भूकम्पबाट भएको क्षतिको मूल्याङ्कन र पुनर्निर्माणका लागि सरकारले जाजरकोट, अछाम र बझाङमा अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गर्ने भएको छ ।

सिंहदरबारमा आज बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण निर्देशक समितिको बैठकले प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

बैठकपछि गृहमन्त्री रमेश लेखकले जाजरकोटमा केन्द्रविन्दु भएर अघिल्लो वर्ष कात्तिकमा गएको भूकम्पबाट निजी घरहरूमा भएको क्षतिको विस्तृत क्षति आँकलन गर्ने काम भइरहेको बताउनुभयो । उहाँले समन्वय सम्पर्क कार्यालय यही फागुन महिनाभित्र स्थापना गर्ने पनि जानकारी दिनुभयो ।

यस्तै बैठकले थप जनशक्ति तथा कार्यालय व्यवस्थापनका लागि आवश्यक बजेट  स्वीकृत गरेको छ । त्यस्तै विपद्मा परेकाहरूको हवाई उद्धारमा लागेको भाडा विपद् कोषबाट भुक्तानी हुने भएको छ । बैठकले विपद् स्वयंसेवक परिचालन तालिम पाठ्यक्रम–२०८१ समेत स्वीकृत गरेको छ ।

अन्तिम अपडेट: फागुन १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया