युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौता छिटै हुने अमेरिकी राष्ट्रपति ट्रम्पको विश्वास

 फागुन १६, २०८१ शुक्रबार ६:३६:५८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री केयर स्टारमरसँगको वार्तापछि युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौता हुने विश्वास व्यक्त गर्नु भएको छ ।

उहाँले रुस र युक्रेनबीच युद्धविरामबारे छिट्टै सहमति हुनेमा आशावादी रहेको बताउनुभएको हो ।

बेलायती प्रधानमन्त्रीसँगको भेटका क्रममा ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र सेनाको प्रशंसा गर्नुभएको बीबीसीले जनाएको छ ।

उहाँले बेलायतसँगको व्यापार सम्झौताबारे कुनै पनि शुल्क लागू नगरी छिटै सम्झौतामा पुग्न सकिने दाबी गर्नुभएको छ ।

ट्रम्पले बेलायतको भ्रमणको लागि राजा चाल्र्सको निमन्त्रणा पनि स्वीकार गर्नुभएको खबरमा उल्लेख छ ।

ट्रम्पले चागोस द्वीप समूह मौरिससलाई सुम्पिने बेलायती योजनामा साथ रहन इच्छुक रहेको पनि बताउनुभएको छ । 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया