७५ फुट लामो प्रियंकाको पहिरनको संसारभर चर्चा

 मंसिर २०, २०७५ बिहिबार ८:२:५६ | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेत्री प्रियंका चोपडाले बुधबार आफ्नो इन्स्टाग्राममार्फत् आफू बेहुली बन्दा लगाएको वेडिङ गाउन सार्वजनिक गरिन् । उनको यो पहिरनको अहिले सर्वत्र चर्चा छ । 

प्रियंका र अमेरिकी गायक निक जोनसले केही गएको साता भारतको राजस्थानस्थित जोधपुरमा भव्य रूपमा विवाह गरेका थिए । प्रियंकाले बुधबार उनले विवाहको क्रममा लगाएको गाउनको भिडियो र फोटो इन्स्टाग्राममार्फत सार्वजनिक गरिन् । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Once upon a fairytale... @nickjonas Link in bio @people

A post shared by Priyanka Chopra (@priyankachopra) on

उनको यो पहिरनमा बीस लाखवटा सितारा जडित थियो । यो पहिरन राल्फ लोरेनले डिजाइन गरेका थिए । उनको यो पहिरनले सबैको ध्यान खिच्यो । अहिले इन्टरनेटमा मानिसहरूले उनको पहिरनबारे चर्चा गर्न थालेका छन् ।

धेरै ठूलो भएकाले उनको त्यो पहिरन बोक्न अरु मानिसको पनि सहयोगको आवश्यकता परेको थियो ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

And forever starts now... ❤️ @nickjonas

A post shared by Priyanka Chopra (@priyankachopra) on

पिपल म्यागजिनसँग कुराकानी गर्दै प्रियंकाले आफ्नो विवाह धार्मिक मिश्रण भएको प्रतिक्रिया दिएकी छिन् । उनीहरुले पहिला हिन्दु र पछि इसाई संस्कृति अनुसार विवाह गरेका थिए । 

इसाई परम्परा अनुसार आयोजित विवाह जोनासका पिता पल केविनले सम्पन्न गराएका थिए ।
 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया