आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई ३५ रनले हरायो

 वैशाख २९, २०८१ शनिबार ६:४३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ३५ रनले हराएको छ । गएराति भएको खेलमा ओपनरद्वय शुभमन गिल र साई सुदर्शनले शतकीय पारी खेलेपछि गुजरातले सहजै जित निकाल्यो ।

गिलले एक सय ४ तथा सुदर्शनले एक सय ३ रन जोडे । त्यस्तै डेविड मिलरले अविजित १६ रन बनाए । अहमदाबादमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले तीन विकेटको क्षतिमा दुई सय ३१ रन बनाएको थियो । जितका लागि दुई सय ३२ रनको लक्ष्य पाएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ९६ रन मात्र बनाउन सक्यो ।

चेन्नईका ड्यारील मिचेलले सर्वाधिक ६३ रन तथा मोइन अलिले ५६ रन जोडे । महेन्द्र सिंह धोनीले २६ र शिवम दुबेले २१ रन बनाए । जितपछि गुजरात १२ खेलमा १० अङ्कसहित तालिकाको आठौँ स्थानमा छ । चेन्नई समान १२ खेलमा १२ अङ्कमा साथ चौथो स्थानमा छ ।

आईपीएल क्रिकेटमा आज कोलकता नाईट राइडर्स र मुम्बई इन्डियन्स खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे इडेन गार्डेनमा शुरु हुनेछ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया