भेरी नदीमा ट्र्याक्टर खस्दा दुई जनाकाे ज्यान गयाे

 बैशाख २८, २०८१ शुक्रबार १८:१७:४२ | रासस
unn.prixa.net

फाइल फाेटाे

रुकुम पश्चिम – रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४ को भेरी नदीमा ट्र्याक्टर खस्दा दुई जनाको ज्यान गएको छ ।

दुर्घटनामा ट्र्याक्टर चालक तथा मालिक आठबिसकोट–१४ विकास खड्का र हरि शर्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । यस्तै दुर्घटनामा घाइते भएका तीन जनाको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ । 

आठबिसकोटबाट जाजरकोट रिम्नातर्फ गइरहेको ट्र्याक्टर आज दिउँसो भेरी नदीमा खसेको प्रहरीले जनाएको छ । ट्र्याक्टरकाे नम्बर अझै खुलेकाे छैन ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया