हिमपातले मध्यपहाडी लोकमार्गको रुकुम पूर्व खण्ड र पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

 फागुन १६, २०८१ शुक्रबार १३:२८:३८ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्वीर

काठमाण्डाै – रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना सडक खण्ड अवरुद्ध भएको छ ।

रुकुम पूर्व र बाग्लुङको सीमा क्षेत्रअन्तर्गत पर्ने सडक खण्डमा बाक्लो हिउँ जमेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार सडकमा हिउँ परेसँगै गाडी ओहोरदोहोर गर्न सकेका छैनन् ।

यस्तै पहिरो खसेर महाकाली लोकमार्ग अवरुद्ध भएको छ । दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडीमा पहिरो खस्दा बिहानदेखि यातायात सेवा ठप्प भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा तराईबाट छुटेका तथा जिल्लाबाट बाहिरिने गाडी बाटोमै रोकिएका छन् । यात्रु बाटोमै अलपत्र परेका महाकाली काउन्टर दार्चुलाका लवराज अवस्थीले जानकारी दिनुभयो । सडक खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया