न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डाै – आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा समूह ‘बी’ मा अस्ट्रेलियासँगको खेलमा अफगानिस्तानले टस जितेको छ । लाहोरको गद्दाफी स्टेडियमा टस जितेर अफगानिस्तानका कप्तान हशमतुल्लाह शाहिदीले ब्याटिङ रोजेका छन् ।
आजकाे खेलमा अफगानिस्तानकाे टाेलीमा कप्तान शाहिदीसँगै रहमनुल्लाह गुरबाज, इब्राहिम जादरान, सेदिकुल्लाह अटल, रहमत शाह, अजमतुल्लाह ओमरजाई, माेहम्मद नबी, गुलबदिन नइब, राशिद खान, नूर अहमद र फजलहक फरूकी छन् ।
यस्तै अस्ट्रेलियाकाे टाेलीमा कप्तान स्टिभ स्मिथसँगै म्याथ्यु शर्ट, ट्राभिस हेड, मार्नस लाबुशेन, जाेश इङ्ग्लिस, एलेक्स केरी, ग्लेन म्याक्सवेल, बेन ड्वारशुइस, नाथन एलिस, एडम जम्पा र स्पेन्सेर जाेनसन छन् ।
यो खेल जित्ने टोली सेमिफाइनलमा पुग्नेछ । यो समूहबाट इङ्गल्यान्ड बाहिरिइसकेको छ भने दक्षिण अफ्रिका पनि सेमिफाइनलमा पुग्ने सम्भावना कायमै छ ।
यस्तै समूह ‘ए’ बाट न्युजिल्यान्ड र भारत सेमिफाइनलमा पुग्दा पाकिस्तान र बङ्गलादेश समूह चरणबाटै बाहिरिइसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।