कङ्गोमा डुङ्गामा आगलागी हुँदा एक सय ४३ जनाको ज्यान गयो
बैशाख ६, २०८२ शनिबार
युक्रेनी राष्ट्रपति भाेलाेदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पसँगको विवाद ‘राम्रो नभएको’ तर दुई देशबीचकाे सम्बन्धलाई बचाउन सकिने बताउनुभएकाे छ । महत्त्वपूर्ण खनिज सम्झौताका लागि अमेरिका भ्रमणका रहेका बेला अमेरिकी राष्ट्रपति ट्रम्पसँग मतभेद भएपछि जेलेन्स्कीले याे प्रतिक्रिया दिनुभएकाे बीबीसीले जनाएकाे छ ।
ह्वाइट हाउसमा रहेकाे ओभल अफिसमा ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भेन्ससँग जेलेन्स्कीकाे चर्काचर्की भएकाे हाे । ट्रम्पले रुससँग लडाइँ गरेर युक्रेनले जित्न नसक्ने बताउनुभएकाे थियाे । जेलेन्स्कीले भने आफूले युद्धविराम चाहेको उल्लेख गर्नुभएकाे थियाे ।
भेटका क्रममा ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्धका लागि जुवा खेलेको आरोप लगाउँदै युक्रेनले रुससँग शान्ति सम्झौता गर्नुपर्ने नत्र कुरा अगाडि नबढ्ने बताउनुभएकाे थियाे । तर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुनै सम्झौता नहुने बताएपछि दुई नेताबीच चर्काचर्की परेकाे थियाे । ह्वाइटहाउसमा भएकाे भेटमा समकक्षी ट्रम्पसँग तिक्तता बढेपछि जेलेन्स्की बाहिर निस्किएका बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आफूमाथि अपमानजनक व्यवहार गरेकाे जेलन्स्कीले आरोप लगाउनुभएको छ । ट्रम्पलाई युक्रेनको खनिज उद्योगमा अमेरिकी सहभागिताको सम्झौतामाथि हस्ताक्षर हुने विश्वास थियो । तर अमेरिकाले रुसलाई समर्थन गरेकोबारे असन्तुष्टि जनाउँदै जेलेन्स्कीले ट्रम्पका विभिन्न प्रस्तावलाई अस्वीकार गर्नुभएको खबरमा उल्लेख छ ।
भेटवार्ताका क्रममा असाधारण वातावरण बनेपछि जेलेन्स्की ह्वाइटहाउस छोडेर निस्किएपछि दुवै राष्ट्रपतिले गर्ने भनिएकाे संयुक्त पत्रकार सम्मेलन रद्द भएको छ । ट्रम्पले सामाजिक सञ्जालमार्फत शान्ति स्थापनाका लागि तयार भए जेलेन्स्की फिर्ता आउन सक्ने प्रतिक्रिया दिनुभएको छ ।
यसैबीच बेलायतका प्रधानमन्त्री सर केयर स्टार्रले ट्रम्प र जेलेन्स्की दुवैसँग कुरा गर्नुभएकाे र युक्रेनका लागि अटल समर्थन कायम राख्नुभएकाे खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।