हेलो सरकारमा शान्ति सुरक्षाबारे नागरिकका गुनासा धेरै
फागुन १९, २०८१ सोमबार
इजरायलले गाजा युद्धविरामको अवधि ६ हप्ता थपेको छ । युद्धविरामको पहिलो चरण सकिएलगत्तै इजरायलले ४२ दिन युद्धविराम अवधि थप गरेको हो ।
हमास र इजरायलबीच गएको जनवरी १९ तारिखदेखि युद्धविराम लागू भएको थियो । यसअन्र्ततग पहिलो चरण मार्च १ अर्थात् गएराति सकिएको थियो ।
युद्धविराम लम्ब्याउने प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफले राख्नुभएको थियो । त्यसमा इजरायलका प्रधानमन्त्री नेतन्याहू सहमत हुनुभएको बीबीसीले जनाएको छ ।
रमजानलगायतका पर्वलाईसमेत मध्यनजर गरी इजरायलले युद्धविरामको अवधि थपेको जनाएको छ । शुरूको ६ हप्ताको अवधिमा हमासले इजरायली जेलमा रहेका सयौँ प्यालेस्टिनी कैदीहरूको बदलामा २५ जना जीवित बन्धकलाई मुक्त गर्दा अन्य आठ जनाको शव इजरायललाई फिर्ता गर्याे । बदलामा इजरायली सुरक्षा निकायले आफ्नो नियन्त्रणमा रहेका झण्डै एक हजार नौ सय जना कैदीबन्दीको रिहाइ गरेको छ ।
पहिलो चरणमा हमास लडाकू समूहको नियन्त्रणमा रहेका ठानिएका नेपालका विपिन जोशीको अवस्था थाहा हुन सकेन । हमासले कब्जामा लिएका दुई सय ५१ बन्धकमध्ये अझै ५८ जना बाँकी रहेका प्रारम्भिक जानकारी छ ।
याे पनि पढ्नुहोस् :
गाजामा भएको युद्धविरामको पहिलो चरण सकियो : दोस्रो चरणको वार्ताको तयारी तर अझै अनिश्चित
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।