बोलिभियामा दुई वटा बस ठोक्किंदा कम्तीमा ३७ जनाको ज्यान गयो

 फागुन १८, २०८१ आइतबार १५:३१:५२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

बोलिभियामा दुई वटा यात्रुबाहक बस ठोक्किंदा आठ नाबालकसहित कम्तीमा ३७ जनाको ज्यान गएको छ । उयुनी सहर नजिकै भएको दुर्घटनामा अरू ४१ जना घाइते भएका र उनीहरुलाई उपचारका लागि अस्पताल पुर्‍याएकाे स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचारसंस्था एएफपीले जनाएको छ ।

बोलिभियाको सरकारी समाचार एजेन्सी एबीआईले एउटा बसका चालकले रक्सी खाएर तिब्र गतीमा गाडी चलाउँदा फरक लेनमा पुगेर अर्को गाडीसँग ठोक्किएको उल्लेख गरेको छ । गम्भिर अवस्थामा रहेको चालकको स्वास्थ्य परीक्षण गर्दा रक्सी खाएको पुष्टि भएको हो ।

बोलिभियाका घुमाउरो पहाडी सडकहरू अत्यन्तै घातक मानिन्छन् । सरकारी तथ्याङ्कअनुसार झन्डै एक करोड २० लाख जनसङ्ख्या भएको देशमा गाडी दुर्घटनाबाट हरेक वर्ष औसत एक हजार चार सय जनाको ज्यान जाने गरेको छ । दुई हप्ता अघि पनि बोलिभियामा यात्रुबाहक बस आठ सय मिटर गहिरो खोलामा खस्दा कम्तीमा ३० जनाको ज्यान गएको थियो ।   

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया