आज विश्व वन्यजन्तु दिवस मनाइँदै
फागुन १९, २०८१ सोमबार
काठमाण्डौ – विश्वकप विजेता इटालियन गोलकिपर जियालुजी बुफोन आज नेपाल आएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कपको फाइनलमा प्रमुख अतिथिका रूपमा बुफोन दिउँसो नेपाल आएका हुन् । केपी ओली कपको फाइनल खेल भोलि दशरथ रङ्गशालामा हुँदैछ ।
बुफनले भिडीयोमार्फत नेपाल आउन लागेको जानकारी गराएका थिए । उनले भिडियोमा नेपालीमै सम्बोधन गरेका थिए । सन् २००६ को फिफा विश्वकप जितेका बुफोनले कीर्तिमानी एक सय ७६ अन्तर्राष्ट्रिय क्याप जितेका छन् । सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर बुफोनले इटालीका लागि ८० खेलमा कप्तानी गरेका छन् । बुफोनले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच वटा विश्वकप खेलेका थिए ।
केपी ओली कपको उपाधिका लागि मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी क्लबले खेल्ने छन् । दशरथ रङ्गशालामा हिजो भएको दोस्रो सेमिफाइनलमा आयोजक केपी एफसीलाई चार गोलको फराकिलो अन्तरले हराउँदै मच्छिन्द्र उपाधि नजिक पुगेको हो । त्यस्तै अस्ति भएको पहिलो सेमिफाइनलमा सङ्कटा क्लबलाई २–१ ले हराउँदै आर्मी फाइनलमा पुगेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।