युगान्डमा हुने 'वुमन्स डे' कप खेल्ने नेपाली टोली घोषणा
फागुन १९, २०८१ सोमबार
इजरायलले गाजामा सबै मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ । प्यालेस्टिनी समूह हमाससँगको युद्धविरामको पहिलो चरण सकिएकाले मानवीय सहायतामा रोक लगाएको इजरायलले जनाएको छ ।
इजरायली प्रधानमन्त्रीको कार्यालयले निकालेको विज्ञप्तिमा इजरायली बन्धकलाई रिहा नगरी इजरायलले युद्धविरामलाई अनुमति नदिने उल्लेख गरिएको छ । तर दुवै पक्षले युद्धविराम समाप्त भएको भनेका छैनन् ।
पयालेस्टिनी विद्रोही समूह हमासले इजरायललाई युद्धविराम भत्काउने प्रयास गरेको आरोप लगाउँदै सहायता रोक्ने निर्णय सस्तो जबरजस्ती, युद्ध अपराध र सम्झौतामा स्पष्ट आक्रमण भएको बताएको समाचारसंस्था एपीले जनाएको छ ।
हमासले बाँकी बन्धकको रिहाइ तथा शव हस्तान्तरणसँगै प्यालेस्टाइनी बन्दीहरूको रिहाइ र गाजाबाट इजरायली सेना फिर्ता गर्ने सम्झौताका लागि दोस्रो चरणको वार्ता अगाडि बढाउन चाहेको पनि बताएको छ । तर अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूको ग्यारेन्टी बिना दोस्रो चरणको युद्धविराममा सहमति हुन नसक्ने हमासको भनाइ छ ।
इजरायलले गएराति मुस्लिम रमदान र यहूदी पासओभरको अवधिमा झन्डै चार हप्ताका लागि युद्धविराम गर्ने अमेरिकी प्रस्तावमा सहमति जनाएको उल्लेख गरेको थियो । तर वार्ता समाप्त भयो भने इजरायलसँग युद्धमा फर्कने अधिकार सुरक्षित रहेको कार्यालयले जनाएको थियो । इजरायलका अनुसार दोस्रो चरणको युद्धविराम बाँकी सबै जीवित बन्धकहरूको रिहाइ र मृतकमध्ये आधाको शव हस्तान्तरणबाट शुरु हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।