ताञ्जे गाउँको परम्परा : भिर मौरीको मह शिकार

 जेठ ३०, २०७५ बुधबार १२:५५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपालमा पहिलेदेखि चलिआएका केही यस्ता लोपोन्मुख परम्परा छन् जुन निकै आश्चर्यजनक र जोखिमपूर्ण छन् ।  यस्तै एउटा परम्परा हिमालको काखमा रहेको लमजुङ जिल्लाको ताञ्जे गाउँमा प्रचलित छ जसलाई “हाइ क्लिफ हनी हन्टिंग” अर्थात् “भिर मौरीको मह शिकार” भन्ने गरिन्छ । ताञ्जे गाउँको यो परम्परा झण्डै २०० वर्ष अघिदेखि नै प्रचलनमा छ ।

वरिपरी घनघोर जङ्गल रहेको यस तान्जे गाउँ पुग्दा घले र गुरुङ समुदायका मानिसहरू भेट्यौँ । उनीहरू वर्षमा दुइपटक नजिकैका भिरहरूमा मह काढ्न जाने गर्दा रहेछन् । “मैले यो काम गर्न थालेको ४५ वर्ष पुगिसक्यो” एक शिकारी कृष्ण बहादुर तामाङले भन्नुभयो । 

यो मह काढ्ने प्रक्रिया निकै कलात्मक पनि देखिन्छ । यसमा केही सिकारीहरू मौरी भगाउन भिरको फेदबाट आगो बाल्न थाल्छन् जसले गर्दा धुवाँको मुस्लोमाथि मौरी को घारसम्म पुग्छ । अरू केही सिकारी भिरको माथि पट्टि डोरी र सिँढी कस्न थाल्छन्, त्यसपछि एकजना सिकारी माथिबाट त्यो डोरी र सिँढी प्रयोग गरेर मौरीको घार भएको ठाउँमा पुग्छन्  र मह काढ्न थाल्छन् । यो काम गर्न लगभग १६ जना सिकारी र पूरै १० घण्टा समय लाग्ने गर्छ ।

(वरिपरि घनघोर जङ्गल रहेको तान्जे गाउँ पुगेर फोर एएम प्रोडक्सनको सहयोगमा नेपाल एट वन्डरले यो डकुमेन्ट्री सुजन निरौला र हेमन्त भण्डारीले तयार गरेका हुन् । )
 

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया