गणतन्त्र उल्ट्याउने कुनै पनि प्रयास सफल हुन सक्दैन : एमाले
चैत ४, २०८१ सोमबार
काठमाण्डौ – काभ्रेको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देमा रहेको गोरखनाथ सामुदायिक वनमा गएरातिदेखि डढेलो लागेको छ ।
वनमा राति ११ बजेदेखि लागेको डढेलो नियन्त्रणका लागि आज बिहानैदेखि प्रहरी, स्थानीय जनप्रनितिनिधि, वन उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीयवासीले प्रयास गरिरहेका छन् ।
आगलागी भएको क्षेत्रबाट मानवबस्ती झन्डै एक किलोमिटर मात्र टाढा रहेको र थलीडाँडा र हर्कभञ्ज्याङमा लगिएको खानेपानी आयोजना जोखिममा रहेको बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष कुबेर ढकालले बताउनुभयो ।
यसअघि गएको माघमा यही क्षेत्रको महाभारत पर्वतशृङ्खलाअन्तर्गत खानीखोला गाउँपालिका–१ मा रहेको थामलेखडाँडाको महाभारत जङ्गलमा लागेको डढेलो चार दिनपछि हेलिकप्टरमार्फत पानी हालेर निभाइएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।