गणतन्त्र उल्ट्याउने कुनै पनि प्रयास सफल हुन सक्दैन : एमाले
चैत ४, २०८१ सोमबार
काठमाण्डौ – म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूले स्थानीयवासीको चर्को दबावपछि सामाजिक उत्तरदायित्वअन्तर्गतका काम पूरा गर्ने भएका छन् । रघुगङ्गामा निर्माणाधीन पाँच वटा जलविद्युत् आयोजनाले जीर्ण सडकको स्तरोन्नतिसहित मुख्य मागमा लिखित सहमति जनाएका हुन् ।
आयोजनाहरूले प्रभावित क्षेत्रको सडकलाई स्तरोन्नतिका लागि यसअघि भएको सहमति कार्यान्वयन नगरेको भन्दै स्थानीयवासीले चरणबद्ध आन्दोलन गरेपछि ४० मेगावाट क्षमताको राहुघाट, २२ दशमलव ५ मेगावाटको ठूलोखोला ‘ए’, ३५ दशमलव ५ मेगावाटको राहुघाट मङ्गले, २१ दशमलव ३ मेगावाटको ठूलोखोला र ४८ दशमलव ५ मेगावाटको अपर राहुघाट जलविद्युत् आयोजनाले ३३ बुँदे लिखित माग पालना गर्ने बताएका गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।
रघुगङ्गाका सबै वडावासीलाई प्रभावित क्षेत्रमा राखेर १० प्रतिशत शेयर वितरणका लागि पनि जलविद्युत् आयोजनाहरू सहमत भएका छन् । आयोजनाले यस अगाडि प्रभावित क्षेत्रका बासिन्दालाई मात्रै शेयर प्रक्रियामा सहभागी गराउने गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।