एपीएफलाई हराउँदै आर्मीकाे लगातार पाँचाैं जीत
चैत ४, २०८१ सोमबार
काठमाण्डाै – चालू आर्थिक वर्षको पहिलो आठ महिना अर्थात् साउनदेखि फागुनसम्ममा वाणिज्य बैंकहरूमा दुई खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । यो गएको असारको तुलनामा चार दशमलव ९० प्रतिशतले धेरै हो । गएको असार मसान्तमा बैंकहरूको कुल निक्षेप ५७ खर्ब ५५ अर्ब रहेकामा गत फागुनसम्म बढेर ६० खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ ।
यस्तै आठ महिनामा २० वटा वाणिज्य बैंकले गरी दुई खर्ब ८० अर्ब रुपैयाँ थप कर्जा प्रवाह गरेका छन् । यो गएको असार मसान्तको तुलनामा यो ६ दशमलव १२ प्रतिशतले धेरै हो । असारमा ४५ खर्ब ७१ अर्ब रहेको वाणिज्य बैंकहरूको कुल कर्जा फागुनसम्म बढेर ४८ खर्ब ५१ रुपैयाँ पुगेको छ ।
कर्जा र निक्षेपको तथ्याङ्कले चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा निक्षेपभन्दा कर्जाको वृद्धिदर उच्च रहेको देखाएको छ । अहिले वाणिज्य बैंकहरूमा झन्डै पौने ६ खर्ब रुपैयाँ लगानीयोग्य पूँजी रहेको छ ।
यसैबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले नियमन गरेको बैंक तथा वित्तीय संस्थाबाट मात्रै कारोबार गर्न आग्रह गर्नुभएको छ । काठमाण्डाैमा आज आयोजित 'ग्लोबल मनी वीक' लाई सम्बोधन गर्दै उहाँले राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट बचत गर्ने बानीको विकास गर्नुपर्ने बताउनुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।