एपीएफलाई हराउँदै आर्मीकाे लगातार पाँचाैं जीत
चैत ४, २०८१ सोमबार
मकवानपुर – मकवानपुरको भीमफेदी गाउँपालिकाको रैथाने जातका अन्नबालीको प्रवर्द्धन कार्यक्रम लागू भएसँगै कोदोखेतीतर्फ किसान आकर्षित भएका छन् । पालिकाले चालू आर्थिक वर्षमा रैथाने बाली प्रोत्साहनका लागि नगद अनुदान कार्यक्रमअन्तर्गत ३५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
दुई रोपनीभन्दा बढी जग्गामा कोदो, फापरजस्ता रैथाने जातका अन्नबालीको खेती गर्ने चार सय २४ जना किसानलाई उत्पादनका आधारमा अधिकतम २७ हजार आठ सय रुपैयाँसम्म प्रोत्साहन रकम बाँडिएको पालिकाका कृषि शाखा प्रमुख उज्ज्वल राना मगरले जानकारी दिनुभयो । पालिकाका चार सय ५१ जना किसानले दुई हजार पाँच सय १० रोपनी जग्गामा कोदोखेती गर्न यस वर्ष निवदेन दिएका थिए । ती जग्गामा झन्डै दुई सय ५५ मेट्रिक टन कोदो उत्पादन हुने पालिकाले जनाएको छ ।
समग्र गाउँपालिकाभरि पाँच हजार १३ रोपनी क्षेत्रफलमा कोदोखेती हुने र त्यसमा पाँच सय नाै मेट्रिक टनसम्म कोदो उत्पादन हुने अनुमान गरिएको कृषि शाखा प्रमुख राना मगरले जानकारी दिनुभयो । यसैगरी भीमफेदी गाउँपालिकाले रैथाने बाली कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी ५५ रुपैयाँ तोकेको छ ।
गाउँपालिकाले गएकाे आर्थिक वर्षदेखि यो कार्यक्रम शुरू गरे पनि चालू आर्थिक वर्षदेखि कृषि कार्यक्रम सञ्चालनसम्बन्धी निर्देशिका २०८१ बनाएर सञ्चालन गरेको हो । गाउँपालिकाका अध्यक्ष हिदम लामाले कार्यक्रमबाट परम्परागत एवम् रैथाने बालीका रूपमा परिचित कोदोखेतीको प्रवर्द्धन तथा व्यावसायिक उत्पादनमा सहयोग पुग्ने र स्थानीय किसानको मनोबल बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।