कुलमानलाई पदबाट हटाएपछि सडकदेखि संसद्सम्म सरकारको विरोध
चैत १३, २०८१ बुधबार
अमेरिका र युक्रेनका अधिकारी बीच साउदी अरबमा भएको वार्ता सकारात्मक भएको छ । युक्रेनी रक्षामन्त्री रुस्टम उमेरोभले अमेरिकी अधिकारीसँगको वार्तामा ऊर्जा लगायतका महत्त्वपूर्ण विषयमा छलफल भएको बताउनुभएको छ । उहाँले राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले युक्रेन र सिङ्गो युरोपको भविष्यको सुरक्षासहित स्थायी शान्तिको चाहेको बताउनुभएको बीबीसीले जनाएको छ ।
यसअघि अमेरिकाले राखेको ३० दिने युद्ध विरामको प्रस्ताव युक्रेनले स्वीकार गरेको थियो । तर रुसले अस्वीकार गरेको थियो । दुवै देश ऊर्जा केन्द्र र भौतिक संरचनामा आक्रमण नगर्ने कुरामा भने सहमत भएका थिए ।
युक्रेन र रुसबीचको युद्ध रोक्न अमेरिका मध्यस्तकर्ताको रूपमा लगातार वार्तामा रहेको छ । आजै रुस र अमेरिकाले पनि साउदी अरबमा वार्ता गर्दैछन् । रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले युक्रेनका बारेमा रुस–अमेरिकाको अर्को चरणको वार्ता साउदी अरबको रियादमा हुने बताउनुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।