कुलमानलाई पदबाट हटाएपछि सडकदेखि संसद्सम्म सरकारको विरोध
चैत १३, २०८१ बुधबार
काठमाण्डाै – शेयर बजार ६ कारोबार दिनपछि आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ५२ अङ्कले बढेर २ हजार ६ सय ४५ दशमलव २० विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा फाइनान्स समूहको शेयर ३ दशमलव ७५ प्रतिशतले उकालो लागेको छ । यस्तै जीवन बीमा, अन्य, लगानी समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । समग्रमा बजार बढेको दिन अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर भने झन्डै ५ प्रतिशतले घटेको छ ।
नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ६ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ३ सय २६ वटा कम्पनीका ९७ लाख ३९ हजार कित्ता शेयर ४ अर्ब ४८ करोड रुपैयाँमा किनबेच भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।