कुलमानलाई पदबाट हटाएपछि सडकदेखि संसद्सम्म सरकारको विरोध
चैत १३, २०८१ बुधबार
काठमाण्डाै – प्रमुख दलका तीन शीर्ष नेता सङ्क्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन फेरि सिफारिश समिति गठन गर्न सहमत भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा केहीबेरअघि भएको शीर्ष नेतृत्वको छलफलले सङ्क्रमणकालीन न्यायसम्बन्धी विवाद हेर्ने दुई वटा आयोगमा पदाधिकारी सिफारिश गर्ने समिति गठनको प्रक्रिया अघि बढाउने सहमति गरेको बैठकपछि प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिनुभयो ।
यसअघि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठन भएकाे यस्तै समितिले कुनै पनि पदाधिकारीको नाम सिफारिश गर्न सकेको थिएन । समितिको म्याद सकिएपछि सङ्क्रमणकालीन न्यायको प्रक्रिया अवरुद्ध भएकाे थियो ।
सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुहुन्थ्यो । यस्तै छलफलमा गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत र खिमलाल देवकोटा, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार खरेल पनि छलफलमा सहभागी हुनुहुन्थ्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।