बैतडीको मटेलामा सडक पुग्यो, सशस्त्र प्रहरीलाई सहज

 चैत १५, २०८१ शुक्रबार ९:४८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल–भारत सीमा क्षेत्र बैतडीको शिवनाथ गाउँपालिका–१ मटेला पहिलोपटक सडक सञ्जालले जोडिएको छ ।

सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) लाई लक्षित गर्दै सडक निर्माण गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिनुभयो ।

सुल्लेखान–शर्माली–नगरौघाट सडकअन्तर्गत पर्ने सिमल चौतारीबाट सशस्त्र प्रहरी बल नेपालको बीओपीसम्म एक हजार एक सय मिटर कच्ची सडक निर्माण गरिएको छ ।

सङ्घीय समपूरक अनुदान कार्यक्रममार्फत सडक निर्माणको ठेक्का सम्झौता गरिएको हो । शिवनाथ गाउँपालिका र सङ्घीय सरकारको लगानीमा सडक निर्माणको ठेक्का सम्झौता भएको गाउँपालिकाले जनाएको छ ।

बीओपीसम्म सडक सञ्जाल पुगेसँगै सशस्त्र प्रहरीलाई पनि सहज भएको छ । सडक नहुँदा खाद्यान्नलगायत सामग्री सिमल चौतारीबाट बोकेरै ल्याउने गरेकामा अब भने सहज भएको बीओपीका प्रमुख, सशस्त्र प्रहरी नायब निरीक्षक प्रकाशजैशी ढकालले बताउनुभयो ।

चालु आर्थिक वर्षमा गरिएको ठेक्का सम्झौतामा सुर्नयागाड, रत्याल, जोलापानी, पौँखर, बगार, दुबला, स्वाल, गाउँसल्ला हुँदै कुस्माउतघाटलगायत ठाउँमा सडक बनाउने गाउँपालिकाको योजना छ ।

अन्तिम अपडेट: चैत १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया