आफ्नै ठाउँलाई स्वर्ग बनाउँछु : खप्तड छान्ना गाउँपालिका अध्यक्ष रोकाया

 मंसिर २२, २०७५ शनिबार १५:३६:३६ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – भ्रमणमा निस्कनु भएका खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष बर्कबहादुर रोकायाले खप्तड छान्ना गाउँपालिकालाई स्वर्ग बनाउने उद्घोष गर्नुभएको छ ।

नेपालका विभिन्न ठाउँमा भ्रमण तथा अवलोकन गर्नका लागि गएका अध्यक्ष रोकायाले आफ्नो ठाउँ नै स्वर्ग बनाउन सकिन बताउनुभयो । उहाँले अबलोकनमा सिकेका कुराहरु व्यवहारमा लागू गर्दै कृषि क्षेत्रमा नमुना गाउँपालिका बनाउने बताएका छन् ।

खप्तड छान्ना गाउँपालिकाका अगुवा कृषक र जनप्रतिनिधि, बुद्धिजीवीहरुसहित भ्रमणमा निस्कनु भएका अध्यक्ष रोकायाले आफ्नै ठाउँलाई हराभरा बनाउने बताउनुभएको हो । नेपालका प्रचलित कृषि क्षेत्रमा नाम चेलेका ठाउँहरुको अवलोकन गर्दा अहिलेसम्म नसिकेका कुरा र मनमा नसोचेका कुराहरुको विकास गर्नुपर्छ भन्ने लागेको खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष रोकायाले बताउनुभयो ।

‘म आफै लामो क्षेत्रमा कृषि पेशा अगाल्दै छु । अहिले पनि मेरो मुख्य पेशा कृषि नै रहेको छ’, अध्यक्ष रोकायाले भन्नुभयो, ‘यसरी कुनै समय कृषि क्षेत्रको अवलोकन गर्न पाए वार्षिक १५–२० लाखसम्म आम्दानी गर्न सकिँदो रहेछ । हामी मेहनत धेरै गर्छौ तर आम्दानी मेहनतभन्दा कम हुन्छ । यसका लागि पनि अवलोकन तथा भ्रमणले ठूलो उपलब्धि गरेको छ ।’

उहाँले आफूले सिकेका कुराहरु सबैभन्दा पहिला आफूबाट लागू गरी खप्तड छान्ना गाउँपालिका भरिका अगुवा तथा सबै किसानहरुलाई सिकाउने बताउनु भएको छ । आफूहरुले चितवनमा रहेको मौरी पालन केन्द्र, चितवनकै गाईपालन केन्द्र, राष्ट्रिय गाईपालन अनुसन्धान केन्द्र, पोखराको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र र वैज्ञानिकसँग परामर्श तथा छलफल गरेको उहाँले बताउनुभयो ।

उहाँले भारतको सिक्किमको अर्गानिक तरकारी खेतीको पनि अवलोकन गरेको जानकारी दिनुभयो । अध्यक्षले भन्नुभयो, ‘पढेरभन्दा परेर जानिन्छ ।’ यस्तै भ्रमणसँगै गएका खप्तड छान्ना गाउँपालिककाकी अगुवा कृषक लक्ष्मी रोकायाले आफूले कृषि क्षेत्रबाट नै मनग्य आम्दानी गर्न सकिने अनुभव बटुलेर आएको बताउनुभयो ।

‘आफू विदेश जान्छु भन्ने सोचेको थिए’, भ्रमणमा निस्किएका खप्तड छान्ना गाउँपालिकाका कृषक पदम थापाले भन्नुभयो, ‘यो भ्रमणले मलाई ठूलो पाठ सिकाएको छ । अब विदेश होइन, आफ्नै गाउँ ठाउँमा केही गरेर खान्छु भन्ने आत्मबल लिएर आएको छु ।’

‘हामीहरु कृषि क्षेत्रलाई अपहेलना र हेला गर्छौ तर सबैभन्दा महत्वपूर्ण क्षेत्र नै कृषि रहेछ । सक्यो भने सुन नै माटोबाट पलाउन सकिने रहेछ’, भ्रमणमा जानुभएका स्थानीय बासिन्दा गोविन्द बोहराले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Suresh bohara

    Dec. 9, 2018, 5:34 p.m.

    बर्स को 50,60 लाख भरमण को लागि छुट्यायर तेइ पैसा ले मोज गर्न आफ्ना पार्टी का40,50 जना कारेक्रता लियर जानू कतिको उचित होला

  •  0 Reply

तपाईको प्रतिक्रिया