सेनिटरी प्याड खरिद प्रकरण : बाराको कलैयामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 चैत २७, २०८१ बुधबार ६:२७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बाराको कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

मुद्दा लाग्नेहरुमा कलैयाका तत्कालीन  प्रमुख प्रशासकीय अधिकृत प्रल्हादप्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफ तथा सेनिटरी प्याड खरिदको ठेक्का पाएकाे सागरदेवी फर्माका सञ्चालक बिमलेश साह छन् ।

आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ का लागि मिलेमतोमा महँगोमा मूल्य कायम गरेर प्याड खरिद गरेको अनुसन्धानबाट पुष्टि भएपछि अख्तियारले ५१ लाख ९९ हजार १ सय २० रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरीवाना माग दाबी गर्दै प्रतिवादीविरुद्ध मुद्दा दायर भएको हो ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार सागरदेवी फर्माका सञ्चालक साहसँग मिलेमतोमा २४ रुपैयाँ प्रतिप्याकेटको प्याडलाई ७८ रुपैयाँ कायम गरी खरिद गरेको भेटिएपछि संलग्न प्रतिवादीविरुद्ध मुद्दा दायर भएको हो । 

अन्तिम अपडेट: बैशाख ४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया