नेपाल सुपर लिग फुटबलमा काठमाण्डौको पहिलो जीत

 चैत २७, २०८१ बुधबार ६:४६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल सुपर लिगमा बुटवल लुम्बिनीलाई हराउँदै काठमाण्डौ रेजर्सले सिजनको पहिलो जीत निकालेको छ ।

हिजाे दशरथ रङ्गशालामा भएको खेलमा बुटवललाई १–० ले हराउँदै काठमाण्डौले सिजनको पहिलो ३ अङ्क जोडेको हो ।

अन्तिम समयमा अमाडु डियोपले गोल गरे । ७१ औं मिनेटमा बुटवलका डिफेन्डर सुमन श्रेष्ठले कर्नर लिने क्रममा काठमाण्डौका अलिजोनलाई मुक्का हानेपछि रेफ्री प्रज्वल क्षेत्रीले सीधै रातो कार्ड देखाएका थिए ।

बुटवल ४ खेलमा एक अङ्कका साथ प्लेअफ समिकरणबाट बाहिरिएको छ । काठमाण्डौ चार खेलमा ५ अङ्क जोडेर तेस्रो स्थानमा उक्लिएको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया