हार्भर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न प्रतिबन्ध लग...
बैशाख ४, २०८२ बिहिबार
काठमाण्डौ – भारतमा चलिरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किङ्सले चेन्नई सुपर किङ्सलाई १८ रनले पराजित गरेको छ ।
पन्जाबले दिएको २ सय २० रनको बलियो लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर २ सय एक रन मात्र बनाउन सक्यो ।
चेन्नईका डेभन कनवेले सर्वाधिक ६९ रन बनाए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो ।
ओपनर प्रियान्श आर्याले एक सय तीन रनको शतक बनाए । जारी प्रतियोगितामा पन्जाबको तेस्रो जीत र चेन्नईको चौथो हार हो ।
यस जीतसँगै ४ खेलमा ६ अङ्क जोडेको पन्जाब अङ्कतालिकामा चौथो स्थानमा उक्लिएको छ भने ५ खेलमा २ अङ्क मात्र रहेको चेन्नई नवौं स्थानमा छ ।
यस्तै आईपीएल अन्तर्गत हिजो भएको पहिलो खेलमा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सलाई चार रनले हराएको छ ।
जीतको लागि २ सय ३९ रनको लक्ष्य पछाएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर २ सय ३४ रन मात्रै बनाउन सक्यो ।
त्यसअघि इडेन गार्डेन्समा टस हारेर ब्याटिङ निम्तो पाएको लखनउले ३ विकेट गुमाएर २ सय ३८ रन बनाएको थियो । मिकेल मार्स र निकोलश पुरनले अर्ध शतक बनाए ।
पाँच खेलमा ६ अङ्कसहित लखनउ पाँचौं स्थानमा र समान पाँच खेलमा ४ अङ्कसहित कोलकाता छैटौं स्थानमा रहेको छ ।
आईपीएलमा आज बेलुका पौने ८ बजे गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।