दाउन्ने सडक खण्ड आजदेखि दैनिक चार घण्टा बन्द : एम्बुलेन्स, दमकलजस्ता आकस्मिक गाडी सञ्चालन हुने

 चैत २७, २०८१ बुधबार १२:१२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत दाउन्ने क्षेत्र आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडक निर्माण आयोजनाका अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म गाडी पूर्णरूपमा बन्द हुनेछ ।

सडक मर्मतका लागी ट्राफिक प्रहरीको सुझाव अनुसार यात्रु चाप कम हुने समयमा सडक बन्द गरिने आयोजना प्रमुख शशांक मिश्रले जनाकारी दिनुभयो । बन्द अवधिमा एम्बुलेन्स, दमकलजस्ता आकस्मिक गाडी भने सञ्चालनमा रोक लगाइने छैन ।

सर्वसाधारणका लागि भने वैकल्पिक बाटो नहुँदा मोटरसाइकलबाहेक अन्य गाडी चल्न नसक्ने अवस्था छ । अहिलेसम्म सडकको ६१ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ भने बाँकी १ लाख ६८ हजार घनमिटर ब्याक कटिङको काम दाउन्नेमा भइरहेको छ ।

निर्माण कार्यको समय अवधि २०८२ साल साउन ५ गतेसम्म छ । २०८२ वैशाख १ गतेदेखि राति ११ बजेदेखि बिहान ५ बजेसम्म गाडी बन्द गरिने आयोजनाले जनाएको छ ।

अहिले पश्चिमबाट पूर्वतर्फ आउने गाडीहरूलाई बर्दघाटमा र पूर्वबाट पश्चिम जाने गाडीहरूलाई दुम्किबासमा रोक्ने व्यवस्था मिलाइएको आयोजना प्रमुख मिश्रले बताउनुभयो । 

यो पनि हेर्नुहोस् : 

दाउन्नेमा आजदेखि दैनिक चार घण्टासम्म सडक बन्द हुने

अन्तिम अपडेट: बैशाख ३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया