प्रहरीले गर्‍याे पार्वतीको शव उत्खनन्

 जेठ ३०, २०७५ बुधबार १८:१८:९ | विमल बिष्ट

अछाम - शनिबार छाउगाेठमा सर्पले डसेर ज्यान गुमाएकी अछाम तुर्माखाद गाउँपालिका ४ जुया गाउँकी १८ वर्षीया पार्वती बुढाको शव अछाम प्रहरीले बुधबार उत्खनन् गरेको छ ।

सर्पले डसेर ज्यान गएपछि उनको शव आफन्तले गाडेका थिए । पोष्टमार्टम नै नगरी शव गाडिएकाले पोष्टमार्टम गर्नका लागि शव उत्खनन् गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक राकेश तण्डुकारले जानाकरी दिनुभयो ।

उहाँले भन्नुभयो ‘पोष्टमार्टम नगरीकनै शव गाडेको खबर हामीले पायौं र कानुनी प्रक्रिया पुर्‍याउन शव ल्याएका हौं ।’

‘प्रहरीले गाडेको पार्वतीको शव उत्खनन् गरेर जिल्ला अस्पतालमा ल्याइँदै गरेको छ । बाटोमा पानी परेको छ, यातायातको साधन छैन, रातिसम्म जिल्ला आइपुग्छ सबै काम सकेर भोली सम्म आफन्तको जिम्मा लाउछौं,’ तन्डुकारले थप्नुभयो,‘प्राकृतिक मृत्यु बाहेकका घट्नामा अनिवार्य पोष्टमार्टम गर्नुपर्ने कानुनी व्यवस्था भएकाले शव ल्याएका हाैं, अन्यथा केही हैन ।’

महिनावारी भएका बेला शनिवार राती पार्वती र उहाँकी बहिनी छाउगोठमा सुतेको बेला उहाँलाई सर्पले डसेको थियो । पार्वतीको शव मंगलसनमा रहेको जिल्ला अस्पतालमा पोष्र्टमार्टम गरिने छ । 

सर्पले डसेपछि समयमै उपचार नपाउँदा उनको घटना स्थलमै ज्यान गएको अछाम प्रहरीले जनाएको छ । 

 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया