बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट २०२५ जेठ १० गतेदेखि
बैशाख ३, २०८२ बुधबार
काठमाण्डौ – पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि हिजोदेखि रातको समयमा बन्द हुन थालेको छ । सडक विस्तार छिटो सम्पन्न गर्न रातको समयमा सडक बन्द गर्न लागिएको हो ।
नारायणघाट–बुटवल सडक आयोजनाका अनुसार दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ ।
आउँदो वैशाख १५ गतेसम्म दैनिक रातको ६ घण्टा गाडी रोकेर दाउन्नेखण्डको सडक मर्मत तथा विस्तार हुने आयोजनाले जनाएको छ ।
यसअघि चैत २७ देखि ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइ सडक विस्तार गरिएको थियो ।
आयोजनाका अनुसार साँघुरो क्षेत्रमा गाडी रोकेर मात्रै काम गर्न सहज हुने भएकाले रातको समयमा पहाडको भित्ता काट्न सडक बन्द गरिएको हो ।
दाउन्नेको पहाडमा भित्ता काट्ने काम १५ दिनमा सक्ने गरी रातको समयमा आवश्यकताअनुसार बत्तीको व्यवस्था गरेर काम अगाडि बढेको आयोजनाले जनाएको छ ।
नारायणघाट–बुटवल खण्डको एक सय १४ किलोमिटरमध्ये एक सय किलोमिटर चार लेखनमा तथा दाउन्नेको १४ किलोमिटर सडक तीन लेनमा विस्तार गर्न लागिएको छ ।
सामान्य पानी परेको बेलामा पनि हिलो हुँदा यहाँको सडकमा गाडी सञ्चालनमा कठिनाइ हुने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।