९ महिनामा झण्डै ५८ अर्ब रुपैयाँ विदेशी लगानी प्रतिबद्धता

 वैशाख २, २०८२ मंगलबार ९:२२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चालु आर्थिक वर्षको ९ महिनामा नेपालले करिब ५८ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त गरेकोे छ ।

विदेशी लगानीकर्ताले साउनदेखि चैतसम्म ५७ अर्ब ९७ करोड ५४ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएका उद्योग विभागले जनाएको छ ।

चैत महिनामा मात्र १३ अर्ब १७ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यो अघिल्लो वर्षको चैतको तुलनामा झन्डै १३ गुणा बढी हो ।

तथ्याङ्कअनुसार यस वर्ष ९ महिनामा कुल ४ सय ८० वटा उद्योग दर्ता भएका छन् । तीमध्ये चैतमा मात्र ५३ उद्योग दर्ता भएको छ ।

उद्योग वर्गीकरणअनुसार पर्यटन र सूचना प्रविधि (आईटी) क्षेत्रमा सबैभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता आएको छ । पर्यटनसँग सम्बन्धित १८९ र आईटीसँग सम्बन्धित १८५ उद्योग दर्ता भएका ।

यस्तै, सेवा क्षेत्रमा ६३, उत्पादनमा ३४, कृषि क्षेत्रमा ७, ऊर्जा र पूर्वाधारमा एकरएक उद्योग दर्ता भएका छन् ।

रकमका हिसाबले हेर्दा सबैभन्दा धेरै सेवा क्षेत्रमा ३४ अर्ब ९२ करोड र पर्यटनमा १८ अर्ब ३८ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता रहेको विभागले जनाएको छ ।

९ महिनामा प्राप्त प्रतिबद्धता बमोजिम वैदेशिक लगानी भित्रिएमा थप १२ हजार ४३५ जनाले रोजगारी पाउनेछन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया