मधेश प्रिमियर लिग आजदेखि शुरू

 वैशाख २, २०८२ मंगलबार ९:४०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मधेश प्रिमियर लिग (एमपीएल) क्रिकेट आज शुरू हुँदैछ । प्रतियोगिताको मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले बिहान ११ बजे राजविराजमा रहेको पवि माध्यमिक विद्यालयको खेल मैदानमा उद्घाटन गर्ने कार्यक्रम छ ।

उद्घाटन खेलमा आज छिन्नमस्ता रुपनी मधेश राइडर्स र कोशी दुहबी क्यापिटलले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ६ समूहले प्रतिस्पर्धा गर्ने आयोजक एमपीएलका अध्यक्ष सञ्जीवनारायण यादवले जानकारी दिनुभयो ।

आज एउटा मात्र खेल हुने  भए पनि वैशाख ८ गतेसम्मका अरु खेल दैनिक दुई वटाका दरले हुने छ । वैशाख १० गते सेमिफाइनलका दुवै खेल र ११ गते फाइनल हुने छ ।

लिग चरणका १५, दुई वटा सेमिफाइनल र एउटा फाइनल गरी कुल १८ खेल हुनेछन् । प्रतियोगिताका सबै खेल पवि माविकै खेल मैदानमा हुनेछन् ।

उपाधि जित्ने टिमलाई नौ लाख एक हजार र उपविजेतालाई चार लाख रुपैयाँसहित शिल्ड प्रदान गरिने छ ।

प्रतियोगितामा राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दिपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, आसिफ शेख, गुलसन झा, बसिर अहमद, नन्दन यादव, विवेक यादव, आरिफ शेख, ललित राजवंशीसहितका खेलाडी विभिन्न टोलीमा आबद्ध भएर खेल्नेछन् । 

अन्तिम अपडेट: बैशाख ३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया