बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट २०२५ जेठ १० गतेदेखि
बैशाख ३, २०८२ बुधबार
काठमाण्डौ – नयाँ वर्षकाे पहिलाे काराेबार भएकाे दिन आज सुनको भाउ घटेको छ । सुनको भाउ एक हजार सात सय रुपैयाँले घटेर तोलाकाे एक लाख ७४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अघिल्लाे काराेबार दिन गएकाे चैत ३१ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ८६ हजार रुपैयाँमा कारोबार भएकाे थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १५ रुपैयाँले घटेर ताेलाकाे एक हजार नौ सय ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।