भारतका श्रेयस अय्यर बने 'आईसीसी प्लेअर अफ द मन्थ'

 वैशाख २, २०८२ मंगलबार १५:८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : आईसीसी

काठमाण्डाै – भारतका मध्य–क्रमका ब्याटर श्रेयस अय्यर मार्च महिनाका लागि आईसीसीको उत्कृष्ट पुरुष खेलाडी बनेका छन् । न्युजिल्यान्डका ज्याकब डुफी र रचिन रविन्द्रलाई पछि पार्दै अय्यर 'आईसीसी प्लेअर अफ द मन्थ' बनेका हुन् ।

आईसीसी च्याम्पियन्स ट्रफीमा भारतलाई उपाधि जिताउनका लागि ३० वर्षीय अय्यरले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले प्रतियोगिताभारि २४३ रन बनाएका थिए । अय्यरले च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अस्ट्रेलियासँगको खेलमा ६२ बलमा ४५ रन र फाइनलमा न्युजिल्यान्डसँगको खेलमा ६२ बलमा ४८ रन बनाएका थिए ।

भारतले लगातार दोस्रो महिना उत्कृष्ट पुरुष खेलाडीको पुरस्कार जितेको हो । गएको फेब्रुअरी महिनामा शुभमन गिलले यो पुरस्कार जितेका थिए ।

यस्तै मार्च महिनामा महिलातर्फ अस्ट्रेलियाकी युवा ब्याटर जर्जिया वोल उत्कृष्ट खेलाडी बनेकी छिन् । उनले अस्ट्रेलियाकै अनाबेल सुथरल्यान्ड र अमेरिकाकी चेतना प्रसादलाई पछि पारिन् ।

गएको मार्चमा तीन खेलको टी–२० शृङ्खलामा अस्ट्रेलियाले न्युजिल्यान्डलाई 'ह्वाइटवाश' गर्दा २१ वर्षीया जर्जिया वोलले महत्त्वपूर्ण भूमिका निभाएकी थिइन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया