‘सङ्घीय राजधानीकै फोहोर व्यवस्थापन गर्न नसक्ने हामीले अरू के क...
मंसिर ९, २०८१ आइतबार
अहिले अमेरिका, युरोप, रुस तथा भारतलगायत दुनियाँका केही अन्य देश चन्द्रमासँग सम्बन्धित विभिन्न जानकारी खोज्ने क्रममा छन् । यसको लागि विभिन्न अभियानहरु सञ्चालनमा आएका छन् । यसै क्रममा चन्द्रमाको सतहको अध्ययन गर्नको लागि चीनले शनिबार एक ल्याण्ड रोवरको प्रक्षेपण गरको छ ।
चीनको सरकारी समाचार एजेन्सी सिन्हवालाई उद्धृत गर्दै पीटीआईले प्रक्षेपण गरेको यो रोवरको नाम चांगी–४ भएको बताएको छ । पौराणिक चिनियाँ कथा अनुसार चन्द्रमालाई चांगई देवीको रुपमा पूजा गरिन्छ । चीनको अन्तरीक्ष एजेन्सीले यो ल्याण्ड रोवरलाई शिचांग प्रक्षेपण केन्द्रस्थित मार्च–३ बी रकेटको साथ अन्तरीक्षमा पठाएको हो ।
यो रोवर अन्तरीक्षमा नयाँ वर्ष अर्थात सन् २०१९ सम्म पुग्ने अपेक्षा गरिएको छ । बाँकी देशका अभियानको तुलनमा चीनको यो प्रयास एकदमै फरक छ । यो पहिलो पटक हो जुन धर्तीबाट चन्द्रमामा पठाएको कुनै पनि उपकरण चन्द्रमाको त्यो सतहमा पुग्नेछ जुन भाग पृथ्वीबाट देखिँदैन । अहिलेसम्म पठाएका सबै उपकरणहरु पृथ्वीबाट देखिने ठाउँमा मात्र प्रक्षेपण हुने गरेका थिए ।
वैज्ञानिकका अनुसार पृथ्वीतर्फ फर्केको चन्द्रमाको भाग समतल छ । यसकारण यो ठाउँमा यस्ता उपकरणहरु उत्रन सजिलो हुने गर्छ । यसको ठिक विपरित चन्द्रमाको चन्द्रमाको अर्कोपट्टिको भूभागमा भने खाल्डाखुल्डी भएको पाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।