धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
तेह्रथुम – तेह्रथुममा यस वर्ष सुन्तला उत्पादनमा गिरावट आएको छ ।
सुन्तलाको फूल खेल्ने समयमा पानी नपरेका कारणले पहिलाभन्दा यो वर्ष कम सुन्तला फलेको हो । फलेको सुन्तला पोहोर जस्तो राम्रो छैन । दाना पनि सानो लागेको छ । सुख्खा र खडेरीले गर्दा यो वर्ष सुन्तला नफलेको म्याङलुङ नगरपालिका–४, का किसान शिव निरौलाले बताउनुभयो । केहीको बगानमा स्याहार नपुगेकाले पनि सुन्तलाको बोटमा रोग आएको किसानले बताउने गरेका छन् ।
यो वर्ष पहिलाभन्दा कम सुन्तला फलेको म्याङलुङ नगरपालिका–४, का अर्का किसान खेमप्रसाद भटराईले बताउनुभयो । उहाँले गएको वर्ष सुन्तलाबाट डेढ लाख रुपैयाँ आम्दानी गर्नुभएको थियो ।
तर यो वर्ष सुन्तलाको फूल फुल्ने र फल लाग्ने समयमा मौसम परिवर्तनको कारणले गर्दा सुन्तला, कागतीलगायत अन्य फलफूलमा समेत असर पारेको उहाँले बताउनुभयो । अघिल्लो समयको तुलनामा सुन्तला पातलो फलेको र फल पनि सानो लागेको म्याङलुङ नगरपालिका–४, कि निर्मला दाहालले गुनासो गर्नुभयो । सुन्तलाको फल लाग्ने समयममा खडेरी र असिना पानीले गर्दा सुन्तला नफलेको छथर गाउँपालिका फाक्चामाराका अर्का किसान त्रिलोचन लुईटेलले बताउनुभयो ।
उत्पादन कम भएको समयमा बजारमा सुन्तलाको मूल्य भने बढी रहेको छ । अहिले म्याङलुङ बजारमा सुन्तला प्रति केजी ८० देखि ९० रुपैयाँको दरमा बिक्रि भइरहेको छ । तेह्रथुमको ६ वटै स्थानीय तहमा सुन्तलाको खेती गर्ने गरिए पनि विशेष गरी जिल्लाको फेदाप गाउँपालिकाको जलजले, म्याङलुङ नगरपालिका, आठराइ गाउँपालिकाको छातेढुंगा, ईवा, छथर गाउँपालिकाको फाक्चामारामा गुणस्तरीय सुन्तला उत्पादन हुने गरेको छ ।
तेह्रथुममा एक हजार १३ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको कृषि कार्यलयको तथ्यांक छ । यहाँ उत्पादन भएको सुन्तला पूर्वको धरान, इटहरी, विराटनगर, झापातर्फ पनि निर्यात हुने गर्दछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ ।