विश्वविद्यालयमा तोडफोड गर्ने १४ विद्यार्थी पक्राउ

 मंसिर २४, २०७५ सोमबार ११:३९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत – रष्जिष्टार महेन्द्रकुमार मल्लाई निलम्बन गरेको विरोधमा आन्दोलनमा उत्रिएका मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेकाे छ ।

सोमबार विश्वविद्यालयमा तोडफोड गर्न थालेपछि प्रहरीले १४ जना विद्यार्थीलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो । विद्यार्थीहरुले प्रशासनिक भवनको दुई वटा काउण्टरमा तोडफोड गरेको उहाँले जानकारी दिनुभयो ।  

विश्वविद्यालयका उपकुलपति प्रा.डा उपेन्द्र कोइरालाले राजनीतिको आडमा बिनाकारण रजिष्टार पदबाट डा. महेन्द्रकुमार मल्ललाई हटाइएको भन्दै नेपाली कांग्रेस निटक विद्यार्थी र प्रध्यापकहरु आन्दोलनमा उत्रिएका हुन् ।  उनीहरुले आइतबार प्रशासनिक भवनमा र विश्वविद्यालयको केन्द्रीय कार्यालयका लगाएको ताला प्रहरी प्रशासनको सहयोगमा विश्वविद्यालयले फुटाएको थियो । 

विश्वविद्यालयको रजिष्टारमा शिक्षा संकायका डिन यामबहादुर कार्कीलाई नियक्त गरेर डा. महेन्द्रकुमार मल्ललाई पदीय आचरण अनुसार काम नगरेको भन्दै निलम्बन गरिएको थियो । प्रध्यापक र विद्यार्थीहरुले नियम विपरित गरिएको निर्णय नसच्याएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । उनीहरुले सोमबार पनि विश्वविद्यालयको पठनपाठन ठप्प पारेका छन् । 
 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया