च्याम्पियन्स लिगमा मंगलबार राति आठ खेल, काे–काेसँग खेल्दैछन् ?

 मंसिर २५, २०७५ मंगलबार ९:३०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

च्याम्पियन्स लिगमा मंगलबार राति आठ खेल हुँदैछन् । इंग्लिस क्लब टोटनह्याम बार्सिलोनाको मैदानमा खेल्दैछ । 

समूह बीबाट बार्सिलोना नकआउट चरणमा पुगिसकेको छ । तर टोटनह्यामको संघर्ष भने जारी छ । खेलको पाँच खेलमा उसले दुई जित, दुई हार र एक बराबरीको नतिजा निकालेको छ । यस्तै नतिजा इटालियन क्लब इन्टर मिलानको पनि छ । यी दुईमध्ये एक टोली नकआउट चरणमा पुग्नेछ ।  

आफ्नै मैदानमा मिलानले अन्तिम खेलमा सहज प्रतिद्वन्द्वीका रुपमा डच क्लब पीएसभीसँग खेल्नेछ । समूह सीमा सबै टिमले पाँच–पाँच खेल खेल्दा नकआउट चरणमा पुग्न टिमको टुंगो लाग्न सकेको छैन । इटालियन क्लब नेपोली नौ अंक सहित शीर्ष स्थानमा छ । 

नेपोली मंगलबार लिभरपुलको मैदान एन्फिल्डमा खेल्दैछ । नकआउट चरणमा पुग्नका लागि लिभरपुललाई जित अनिवार्य छ भने नेपोलीलाई बराबरी पर्याप्त हुनेछ ।

यसै समूहमा फ्रेन्च क्लब पीएसजी बेल्जियमको रेड स्टार बेल्ग्रेडसँग खेल्नेछ । पीएसजीलाई पनि जित आवस्यक हुनेछ । तर नेपोलीले लिभरपुललाई हराएमा हारले पनि पीएसजी नकआउट चरणमा पुग्नेछ ।
 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया