रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
म्याग्दी – पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमबाट लागुऔषध चरेससहित एकजना पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएर गएको प्रहरीको टोलीले ३९ वर्षीय नोकबहादुर रोकालाई पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
रोकाको घरको उत्तरतर्फ पालीको कुनामा सेतो प्लाष्टिकमा टेपले बेरेर राखेको अवस्थामा ९ सय २० ग्राम बराबरको कालो रङको चरेससहित रोकालाई पक्राउ गरिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक बीरबहादुर बुढामगरले बताउनुभयो । रोकालाई प्रहरी हिरासतमा म्याद थप गरेर राखिएको छ भने थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।
केही वर्ष अगाडि पनि रुमबाट बुटवलतर्फ लैजाने तयारीमा २३ केजी ५० ग्राम चरेससहित तीनजना महिलालाई प्रहरीले पक्राउ गरेको थियो । दूर्गम गाउँका महिलालाई प्रहरीले पक्राउ गरेपछि जिल्लाका ग्रामीण क्षेत्रबाट चरेसको बिक्रीवितरण हुने तथ्य सार्वजनिक भएको थियो ।
म्याग्दी जिल्लामा ठूलो परिमाणमा चरेस र त्यसको ओसारपोसारमा संलग्न महिला पक्राउ परेपछि प्रहरीले निगरानी बढाएको थियो । जिल्लामा लागूऔषध जिल्ला बाहिरबाट भित्रिने भए पनि ग्रामीण क्षेत्रमा गाँजा खेती गरी चरेस बनाउने गरेको प्रहरीको अनुमान छ । रुम आसपासबाट छिमेकी बागलुङतर्फ समेत लागुऔषध जाने गरेको प्रहरीको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।