ललितपुरको पुल्चोक र भैंसेपाटीमा दुई महिनासम्मका लागि निषेध...
चैत ३, २०८१ सोमबार
काठमाडौं – नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संविधानको भावनालाई हरेक स्थानमा कुल्चिँदै गएको आरोप लगाउनुभएको छ ।
प्रतिनिधिसभाको विहीबारको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको खर्च कटौतिको प्रस्ताव पेश गर्दे सांसद रिजालले सरकारलाई पनि नियम कानुन र संविधानबाट बाहिर जाने अधिकार नभएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको हो ।
सरकारका सबै निकायबाट धम्क्क्याउने, धर्काउने तथा खिसिट्युरी गर्ने काम भएको भन्दै उहाँले दुई तिहाईको दम्भ देखाए प्रतिपक्षी दलले त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।
संविधानमा सभामुख र उपसभामुख भिन्न भिन्न दलको बनाउनुपर्छ भनेर संविधान बनाउदा अगाडि बसेकाहरुले नै अहिले व्यवस्थाको गलत व्याख्या गर्ने गरेको उहाँले आरोप लगाउनुभयो ।
मन्त्रालयको तीन वटा प्रज्ञा प्रतिष्ठानलाई गाभेर एउटै प्रभावकारी संस्था बनाउने प्रस्तावका विषयमा आपत्ती जनाउनुभयो । सबै प्रतिष्ठानले उदाहरणीय काम गरिरहेको भन्दै उहाँले प्रज्ञा प्रतिष्ठानको अपमान गर्ने असंगति पूर्ण काम नहोस् भनि पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो “ललितकला प्रज्ञा प्रतिष्ठानको जग्गामा आखा लाग्यो भन्ने कुरा आएको छ, जग्गामा आखा लाग्या हो कि के हो ? प्रज्ञालाई यसरी आखा लगाउन पाईँदैन ? प्रज्ञालाई यसरी अपमान गर्न पाईँदैन । प्रज्ञा धेरै मिहेनतसाथ यहाँ पुगेको छ । २० लाख पर्यटक ल्याउदा के देखाउने ? ललितकला प्रज्ञा प्रतिष्ठानको जग्गा लिएर २० तले भवन बनाउने व्यापारिक प्रयोजनका लागि ? अनि त्यसैका लागि पर्यटक ल्याउने ? संगति त हुनुपर्यो नि मन्त्रालयका कामहरुमा । यस्ता असंगतिपुर्ण कामहरु नहोस्, अनुरोध गर्न चाहन्छु । ”
उहाँले पर्यटन मन्त्रालयले वेभसाईटमा तस्वीर थप्ने बाहेक उल्लेख्य काम गर्न नसकेको भन्दै भैपरी आउने शीर्षकमा राखिएको १० करोड बजेट कटौतिको माग गर्नुभयो । २० लाख पर्यटक भित्र्याउने भनिए पनि त्यसका लागि कुनै आधार र काम पर्यटन मन्त्रालयले गर्न नसकेको र पर्यटन मन्त्रीले त्रिभुवन विमानस्थलका कर्मचारीलाई धम्क्याउने काम गरेको आरोप उहाँले लगाउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बैकुण्ठ
June 14, 2018, 2:36 p.m.आफ्नै पार्टी मा गृहयुद्ध भा मान्छे ले ,अरु को घरमा धम्की दिनु जस्तो भएन र ,सर