सेल्फी खिच्ने बहानामा बलात्कार

 पुस १, २०७५ आइतबार १४:३०:४० | राजु लामिछाने
unn.prixa.net

रुकुमपश्चिम – सेल्फी खिच्ने बहानामा एक बालिकालाई गोठमा लगेर बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

रुकुमपूर्व भूमे गाउँपालिका–९, चुनवाङका २१ वर्षीय मनोज ओलीलाई प्रहरीले पक्राउ गरेको हो । गएको मंसिर २८ गते गोठमा बाख्रा बाँध्दै गरेकी सानीभेरी गाउँपालिकाकी १५ वर्षीया एक बालिकालाई गोठभित्र लगेर जबरजस्ती करणी गरेको अभियोगमा ओलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो ।

सेल्फी खिच्ने भन्दै फकाएर बालिकालाई गोठभित्र लगेर जबरजस्ती करणी गरेको डीएसपी खड्काले बताउनुभयो । अभियुक्तलाई सोही दिन पक्राउ गरिएको भए पनि प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ परेका ओलीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Khemraj Regmi

    Dec. 29, 2018, 8:27 p.m.

    यस्ताको काम छैन /

  •  0 Reply

तपाईको प्रतिक्रिया