बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गयाे

 पुस १, २०७५ आइतबार १६:२६:६ | हेमराज शर्मा
unn.prixa.net

दाङ - पूर्व-पश्चिम राजमार्ग अन्तरगत दाङको लमही कुलमोडमा आइतबार अपराहन्न बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ ।

नेपालगञ्जदेखि दाङको घोराहीतर्फ आउँदै गरेको ना ४ ख ९५६६ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको रा ३ प ९६०४ नम्बरको मोटरसाइकल लमही नगरपालिका-६, कुलमोडमा एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक प्युठान सरुमैरानी गाउँपालिका प्यूठान बाङ्गेशाल निवासी  ३० वर्षीय रेशम भुसालको ज्यान गएकाे हाे ।

भुसालकाे लमही अस्पतालमा उपचारको क्रममा ज्यान गएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

शवलाई पोष्मार्टमको लागि शव गृहमा राखिएको छ भने बस, बस चालक र मोटरसाइकल वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा रहेको प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया