सुनको भाउ एक हजार पाँच सय रुपैयाँले बढ्यो
मंसिर ७, २०८१ शुक्रबार
युएई – युएईमा नेपालीलाई जागिर लगाइदिने भन्दै पासपोर्ट कब्जा गरेर अलपत्र पार्ने दलालले एक नेपालीको राहदानी फिर्ता गरेका छन् ।
भिजिट भिसा मार्फत मानव तस्करी गर्ने गिरोहले युएई ल्याएर कुटपीट गरी दलाल भागेको खबर उज्यालोमा प्रकाशित भएपछि दलालले पासपोर्ट फिर्ता गरेको हो ।
भिसा लगाए बापत पैसा दिनुपर्ने भन्दै पासपोर्ट कब्जा गरेर राखेका सारजाहमा कार्यरत दलाल गोरखाका मिस्टर बाबु सुर्खेतीले पीडित ठाकुरप्रसाद ढकालको पास्पोर्ट आबुधाबीमा रहेको नेपाली दूतावासमा बुझाएका हुन् ।
ढकालको पास्पोर्ट डेढ महिनादेखि सुर्खेतीले कब्जा गरेर एक लाख ३० हजार रुपैयाँ दिए मात्रै फिर्ता गर्ने भन्दै आएका थिए । पासपोर्ट फिर्ता गर्न दूतावासले आग्रह गर्दा पनि सुर्खेतीले मानेका थिएनन् ।
उनलाई कारबाही गरी राहदानी फिर्ता गराउन दूतावासले सारजाह प्रशासनलाई पत्राचार गरेको र अनुसन्धान पछि कारबाही हुने खबर उज्यालोमा प्रकाशित भएपछि सुर्खेती आइतबार आफैं दूतावासमा पुगेर पासपोर्ट बुझाएका हुन् । उनले आफ्नो बारे समाचार किन लेखेको भन्दै रिस पोखेको दूतावासका कर्मचारीको भनाई छ ।
जवाफमा दूतावासले उनलाई कानुनी समस्या आउन सक्नेमा सचेत गराएको छ । सुर्खेतीलाई आउँदा दिनमा यस्तो काम नगर्ने शर्तमा कागज गराएर छोडिएको कार्यबहाक राजदूत सागरप्रसाद फुयाँलले बताउनुभयो ।
दलालले फिर्ता गरेको राहदानी दूतावासले ठाकुरप्रसाद ढकाललाई बुझाएको छ । पासपोर्ट नहुँदा नेपाल जान समेत नपाएपछि ढकालले अलऐन अदालतमा मुद्दा दर्ता गर्नुभएको थियो । मंगलबार सोही मुद्दाको सुनुवाई हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ।